लेखनाथ : अविरल वर्षासगै खुदीखोलामा आएको बाढीले पोखरा महानगरपालिका वडा नंं ३२ को सुकुम्वासी टोलका दुई घर बगाएको छ ।
खुदीखोलामा आएको बाढीले स्थानीय सुर्यवहादुर नेपाली र सन्चमाया मोक्तानको घरका सम्पूर्ण सामाग्री, बारी र अन्नवाली बगाएको हो ।
नेपालीको घर बाढीले बगाउँदा करीव रु.३ लाख बराबरको क्षति र मोक्तानको २ लाख बराबरको क्षति भएको नेपाल र मोक्तानले जनाए । घर बाढीले बगाएपछि नेपाली र मोक्तान परिवार स्थानीयको सहयोगमा नजिकैको आधारभूत आराधना प्राथमिक विद्यालयमा राखिएको जानकारी वडा नंं ३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्कीले जानकारी दिए ।
निरन्तरको वर्षा पछि आएको बाढी पहिरोका कारण सेही ठाउका अस्मिता विक र बुद्धिमाया नेपालीको घर र खेती योग्य जमिन समेत जोखिममा परेका छन् । बाढीले नेपालीको घरका सामान भाँडाकुडा, लत्ताकपडा समेत बगाएको साथै छिमेकीको भने घर मात्र बगाएको हो । साथै सोही स्थानमा रहेको गगनगौडा र सातमुहाने जोड्ने खुदीखोलाको कलपट समेत पूर्णरुपमा क्षति भएको छ ।
त्यसैगरी गएरातिको अविरल वर्षाका कारण वडा नंं ३० मा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयको परिसरमा रहेको करीव १०० मिटर पर्खाल समेत भत्किएकोे वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले जानकारी दिए । त्यसैगरी पोखरा महानगरपालिका वडा नंं २९ ओमकारेश्वर मन्दिर नजिकैको सडकमा क्षति पुगेको स्थानीयले बताएका छन् ।