ढोरपाटनका पीडितलाई वडिगाडले दियो सवा चार लाख

ढोरपाटनका पीडितलाई वडिगाडले दियो सवा चार लाख

बागलुङ : भदौ १७ गतेको बाढीपहिरोका कारण प्रभावित बनेको ढोरपाटन नगरपालिकालाई छिमेकी पालिकाहरुले सहयोग गरिरहेका छन् । बाढीपहिरो प्रभावितको लागि पहिलोपटक त्रिपाल र खाद्यान्न तथा स्वास्थ्य सामग्री बोकेर ढोरपाटन नगरपालिका पुग्यो जिल्लाको ताराखोला गाउँपालिका ।

त्यसयता गलकोट नगरपालिकामा क्रियाशिल विभिन्न संघ संस्थाले सघाईरहेका छन्भने मंगलबार जिल्लाको वडिगाड गाउँपालिकाले नगद सहयोग हस्तान्तरण गरेको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ वडामा गएको बाढी तथा पहिरो पीडितहरुको लागि आवश्यक राहत स्वरुप वडिगाडले नगद सहयोग गरेको हो ।

ढोरपाटन नगरकार्यपालिकाको कार्यालयमा एक कार्यक्रमका गरी बडिगाड गाउँपालिकाको तर्फबाट दुई लाख, पालिकामा कार्यरत निजामति कर्मचारी (स्वास्थ्यसमेत) बाट एक लाख र जनप्रतिनिधिहरुबाट एक लाख १३ हजार ५ सय गरि कुल ४ लाख १३ हजार पाँच सय रुपैयाँ ढोरपाटन नगरलाई हस्तान्तरण गरिएको छ ।

संकटको समयमा छिमेकीको सहयोग आवश्यक हुने भन्दै गाउँपालिकाले नगद सहयोग गरेको हो । सो रकम हस्तान्तरण गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले ढोरपाटनबासीको पीडामा बडिगाड गाउँपालिका पनि संगै रहेको बताए ।

रकम बुझ्दै ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सवैको सहयोग र सद्भावले बोवाङ क्षेत्रले पुर्नजीवन पाउने आशा व्यक्त गरेका थिए । कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजासहित उपाध्यक्ष अम्मर बहादुर श्रीस, प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी, लेखा अधिकृत डिल्लि प्रसाद शर्मालगायतको सहभागिता रहेको थियो । भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रको बस्ती नहसनहस पार्दा १८ जनाको मृत्यु भएको छ भने २० जना अझै बेपत्ता छन् ।

सम्बन्धित खवर