मोरङमा २२ सहित प्रदेश १ मा ८० संक्रमित थपिए

मोरङमा २२ सहित प्रदेश १ मा ८० संक्रमित थपिए

विराटनगर : प्रदेश १ मा आज ८० संक्रमित थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १० महिला ८ पुरुष, दुहवीमा ४ महिला ८ पुरुष, कोशी गाउँपालिकामा २ महिला १ पुरुष, गढी, रामधुनी, इनरुवा, धरानमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरका ११ महिला ६ पुरुष, रतुवामाईका ३ र ग्रामथानका १ पुरुष, बुढीगंगाकी १ महिला, झापाको दमकमा २ महिला ४ पुरुष, शिवसताक्षीमा २ महिला १ पुरुष, गौरीगञ्जमा १ महिला १ पुरुष, विर्तामोडमा १ महिला १ पुरुष, बार्हदशी, मेचीनगर र कनकाईमा १–१ पुरुष, ओखलढुङ्गाको मानेभन्ज्याङका २ पुरुष, इलामकी १ महिला, उदयपुरको चौदण्डीगढीकी १ महिला र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २५७ पुगेको छ । प्रदेश १ मा आज १६ जना डिस्चार्ज भएका छन् ।

सम्बन्धित खवर