पोखरामा एउटै उद्योगका ८३ जनामा कोरोना सङक्रमण, उद्योग सील

पोखरामा एउटै उद्योगका ८३ जनामा कोरोना सङक्रमण, उद्योग सील

पोखरा : पोखराको एउटै उद्योगमा कार्यरत ८३ जनामा  कोरोना सङक्रण देखिएको छ ।  उद्योगमा ठुलो संख्यामा संक्रमित फेला  परेपछि उद्योग सील गरिएको छ ।

पोखरा औधोगिक क्षेत्रमा रहेको पोखरा फुड्स प्रा.ली.मा कन्ट्याक्ट ट्रेसिङका आधारमा  गरिएको परीक्षणमा ८३ जना सङक्रमित फेला परे पछि उद्योग सील भएको पोखरा महानगरका स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो–“उद्योगमा कार्यरत ठुलो संख्याका कामदार कर्मचारी  सङक्रमित हुनुभएको छ, त्यसैले पनि उद्योग सील जस्तै भएको छ ।” उहाँले थप्नु भयो–“जोखिम भएको उद्योग वन्द गर्नुको विकल्प पनि छैन ।”

चार दिन अघि मात्रै ३३ जना सङक्रमित फेला परेको पोखरा फुड्समा सोमवार २५ र मंगलवार २५ जना समेत गरि ८३ जना संक्रमण देखिएको आचार्यले बताउनुभयो  । उद्योगमा कार्यरत एकजना कामदारमा कन्ट्याक्ट ट्रेसिङमा परेपछि कोरोना  पुष्टि भएको र उहाँको  सम्पर्कमा आएकाहरुमा स्वाब परीक्षण गर्दा धेरै संख्यामा  नतिजा पोजेटिभ देखिएको  अधिकृत आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–“उद्योगहरुमा प्रायः समुहमा काम गर्ने धेरै हुने भएकोले पनि पोखरा फुड्समा यति ठूलो सँख्यामा सङक्रमित फेला परेका छन ।” केही दिन अघि मात्रै पोखराकै अर्को  ठूलो उद्योग मध्येको एक कर्माचार्य फुड्समा समेत एक जना सङक्रमित फेला परेको बताउँदै जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा उद्योगहरुमा सङक्रमणको जोखिम वढेको उहाँले बताउनुभयो ।

पोखरा फुड्सका निर्देशक बलराम बरालले उद्योगमा कार्यरत ३५० जना कर्मचारीको शनिवार सम्म सवैका् कोरोना परीक्षण गरिएको जानकारी दिंदै सवैलाई उद्योग भित्रकै आइसोलेशनमा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो–“सङक्रमित कसैलाई पनि स्वास्थ्य समस्या छैन, हामीले उद्योग नै वन्द गरेर आइसोलेशनमा राखेका छौं ।”

पोखराका अन्य उद्योगमा सङक्रमितको सम्पर्कमा आएका कोही नभएकोले ति उद्योगहरुमा परीक्षण नगरिएको बताउँदै अधिकृत आचार्यले बताउनुभयो । सङक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुलाई ५ देखि ७ दिनसम्म क्वारेन्टिनमा वस्न र स्वास्थ्यका मापदण्ड अपनाउन उहाँले आग्रह समेत गर्नुभयो । “अहिलेको समय निकै जोखिम छ, सरकारले लागु गरेका स्वास्थ्य मापदण्ड अपनाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

पोखरा फुड्सले विस्कुट उत्पादन गर्दै आएको छ ।

सम्बन्धित खवर