इटहरी : इटहरी उपमहानगरले इटहरी अस्पताललाई दुई वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरी अस्पताल संचालक समिति अध्यक्ष भूपेन्द्र बराललाई र उपमेयर लक्ष्मी गौतमले इटहरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. मनिश शर्मालाई एम्बुलेन्सका चावी हस्तान्तरण गर्नुभयो ।
एम्वुलेन्सको प्रयोग वाट अहिलेको विषम परिस्थितिमा इटहरीको स्वास्थ्य सेवालाई सहज बनाउन सहयोग पुग्ने प्रमुख द्धारिकलाल चौधरीले बताउनुभयो । कोभिड संक्रमित विरामीलाई आइसोलेसन सम्म पुरयाउन तथा अस्पताल लैजान एम्वुलेसन्स प्रयोग गरिने प्रमुख चौधरीले बताउनुभयो ।
आवश्यक प्रक्रिया पूरा गरेर एम्वुलेन्स चाडै प्रयोगमा ल्याइने अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र बरालले बताउनुभयो ।