लकडाउनको मौका छोपी रुख काट्न आदेश दिने दुई जना पक्राउ

लकडाउनको मौका छोपी रुख काट्न आदेश दिने दुई जना पक्राउ

उदयपुर । सामुदायिक वन समुहको अवधारणा भनेकै वन संरक्षण गर्नु हो । राज्यको सिमित स्रोतसाधका भरमा वनजंगलको संरक्षण नहुने भएपछि समुदायलाई नै जिम्मा दिँदा यसप्रति उनीहरु उत्तरदायि हुन्छन भन्ने नै हो ।

गाउँ घरमा काठ चोरी निकासी भए नभएको रेखदेख गर्ने, कार्वाही गर्ने र त्यहाँको स्रोतसाधनले स्थानीयकै विकासमा खर्च गर्ने उदेश्यले सामुदायिक वन उपभोक्ता समुहको अवधारणाको विकास भएको पाईन्छ । तर पछिल्लो समयमा सामुदायिक वन समुहका पदाधिकारीको स्वार्थअनुकुल चल्न थालेको पाईन्छ । संस्थागत विकास भन्दा पनि व्यक्तिको विकासकोरुपमा अघि बढेको पाईन्छ । यधपि केहि सामुदायिक वन सरकारले गरेको कामभन्दा पनि उत्कृष्ट छन् ।

पछिल्लो घटनाक्रमलाई हेर्दा उदयपुरको त्रियुगा नगरपालिका ७ का दुई वटा सामुदायिक वन समुहका अध्यक्ष अवैद्यानिकरुपमा ठुला परिमाणमा आफुखुशी रुख काटन आदेश दिएको आरोपमा पक्राउ परेका छन् । डिभिजन वन कार्यालय गाईघाटको टोलीले शनिबार खाटमन्दिर सामुदायिक वन समुहका अध्यक्ष मोहनबहादुर कार्की र रक्तमालाका गनेबहादुर तामाङ्गलाई पक्राउ गरेको हो । दुबैलाई वन कार्यलयको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

लकडाउनको मौकाछोपी वन संरक्षणको जिम्वेवारी पाएका अध्यक्षद्धय र र नमोबुद्ध टोलविकास संस्थाका अध्यक्ष लिलबहादुर तामाङ्गको निर्देशनमा त्यस क्षेत्रका ७९ वटा रुख काटिएको आरोप छ । त्रियुगा नगरपालिकाले उपलब्ध गराएको विद्युतिकरण योजना कार्यान्वयनकाक्रममा रुखले अवरोध गरेपछि उनीहरुको आदेशमा स्थानीयले ९ सय ३१ क्युविफिट काठ काटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

काटिएका रुखमध्ये साना स्थानीय आफैले बोकेर घर लगेको र ठुला अलपत्र अवश्थामा छोडिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख अम्बिकाप्रसाद पौड्ेलले जानकारी दिए । उनका अनुसार सबै रुखको मुल्यांकन गर्दा आठ लाख बढिको क्षति भएको देखिन्छ । रुख कहिले कटान गरिएको एकिन नभएपनि अनुसन्धानकाक्रममा साउनको पहिलो साता रुख काटिएको हुन सक्ने प्रमुख पौडेले जानकारी दिए ।

‘यति ठुलो परिमाणमा काठ काटिँदा पनि समुहका अध्यक्षले कुनै जानकारी नगराएकाले उनीहरुको नियतमाथि नै शंका छ, पौड्ेलले भने, ‘गलत मनसाय देखिएकाले पहिलोचरणमा मुल नेतृत्वका तीन अध्यक्षलाई कारवाही प्रकृया अघि बढाएका छौ ।
उनले भने, ‘काटिएका मध्य साना रुख घर ल्याउनेक्रममा उपभोक्ता विच विवाद उत्पन्न भएपछि कार्यालयमा २५ जनाविरुद्ध उजुरी परेको हो ।

सबैको अनुसन्धान भैरहेको प्रमुख पौड्ेलले बताए । आरोपित मध्येका मुख्य तीन जनालाई पहिलोचरणमा कारवाही गर्न जिल्ला अदालतबाट पक्राउ पुर्जि लिईसकेको उनले बताए । अनुसन्धानकाक्रममा टोलविकास संस्थाका अध्यक्ष तामाङ्गले रुख काटन नजानेलाई जनही पाँच सय रुपैँया जरिवाना लिई कार्वाही गर्ने धम्कि दिएपछि रक्तमाला वन समुहका उपभोक्ताले आएर रुख काटेको खुलेको छ ।
वन रेखदेखको जिम्वेवारी पाएका हेरालुलाईसमेत अध्यक्ष तामाङ्गले रुख काटेको बारे कसैलाई खवर गरे कार्वाही गर्ने धम्कि दिएको बुझिएको छ ।

क्षतिको अनुगमन गर्न पुगेका डिभिजनल वन प्रमुख पौड्ेलले ७१ वटा साल र ८ वटा आम्ना रुख काटिएको बताए । त्यसमध्ये खाटमन्दिरको ७१ र रक्तमालाकाको ८ वटा रुख ढालिएको उनले बताए । सरकारले लकडाउन, निषेधाज्ञाको समयमा काठ चोरी निकासी वढ्न सक्ने भन्दै वन क्षेत्र प्रवेश तथा संकलन र निकासीमा रोक लगाएको अवश्थामा गलत मनसायले ठुलो क्षति पुर्याएकाले कार्वाही प्रकृयामा रतिभर कन्जुस्याई नगर्ने प्रमुख पौड्ेलले बताए ।

सम्बन्धित खवर