सुन्दरहरैंचामा पत्रकार दाहालको संयोजकत्वमा समूह गठन

सुन्दरहरैंचामा पत्रकार दाहालको संयोजकत्वमा समूह गठन

बिराटचौक, मोरङ सुन्दरहरैंचाका अग्रज पत्रकार मणिराम दाहालको संयोजकत्वमा सुन्दरहरैंचा पत्रकार समूह गठन भएको छ ।

सुन्दरहरैंचा पत्रकार समूहमा नगरका सात जाना क्रियाशिल संचारकर्मीहरु संगठित भएका छन् । पत्रकार समूहको कार्य समितिमा सदस्यहरु लिलानाथ गच्छदार, राजन पोखरेल, जीवन माझी, माघवप्रसाद काफ्ले, राजकुमार राउत, क्रिष्टिना घिमिरे (ज्ञानु) रहेका छन् ।

हाल यो नगरमा एक दर्जन भन्दा बढि सञ्चारकर्मीहरु विभिन्न प्रकारका स्थानीय तथा राष्ट्रिय मिडियाहरुमा समेत कार्यरत छन । नगरमा रहेर पत्रकारिता गरिरहेका अन्य सञ्चारकर्मीहरुलाइ समेत यस कार्य समितिमा अटाउँने तयारी समेतको योजना रहेको समूहको प्रस्ताव तथा छलफलको कार्यक्रममा उल्लेख गरिएको छ ।

सुन्दरहरैंचा नगरपालिकालाई विशेष कार्य क्षेत्र बनाउँदै, यस नगर क्षेत्रलाई परिचित गराएर नागरिकलाई सत्य तथ्य सूचना तथा समाचार प्रस्तुत गरि पत्रकारिता पेशा प्रतिको धर्म र मर्मलाइ कायम राख्दै मोफसलको व्यवसायिक पत्रकारितालाई जोड दिन आवश्यक भएकोले अघि बढ्ने उदेश्यका साथमा कार्य समिति गठन गरिएको सुन्दरहरैंचा पत्रकार समूहका संयोजक दाहालले बताए । उनले सुन्दरहरैंचा नगरक्षेत्रका पत्रकारहरुलाइ संगठित गरि पत्रकार , समाज अनि जनताको हकहितलाई आवाज उठाउँदै नागरिकका समस्या, विकृति विसङ्गगतिलाई समाधान तिर निकास दिएर स्थानीय सञ्चारकर्मीहरुलाई एकसुत्रमा आवद्व गराउँन यस समूहको आवश्यकता पर्ने भएको हुँदा सुन्दरहरैंचा पत्रकार समूहको नामाकरण गरिएको समेत उल्लेख गरे ।

सम्बन्धित खवर