मनकामना ट्रेनिङले विपन्न परिवारलाई दुहवीमा राहत वितरण

मनकामना ट्रेनिङले विपन्न परिवारलाई दुहवीमा राहत वितरण

सुनसरी : मनकामना ट्रेनिङ एण्ड स्किल डेभलपमेन्ट ईन्ष्टिच्युट प्रा.लिले आज सुनसरीको दुहवीमा सिपमुलक तालिम सिकेका किशोरी, एकल महिला, शारिरिक अशख्त र अति गरिब महिलालाई राहत सामग्री वितरण गरेको छ।

मनकामना ट्रेनिङ्ग एण्ड स्किल डेभलपमेन्ट ईन्ष्टिच्यूट प्रा.लि., युनेस्को, यूएनएफपीए, युएनओमनको संयूक्त कार्यक्रम अन्तरगत सिपमुलक तालिम सिकेका किशोरीहरु,एकल महिला, शारिरिक अशख्त र अति गरिब १० महिलालाई राहत सामग्री वितरण गरेको हो ।

संस्थाले सिपमुलक तालिम सिकेका उनिहरुलाई चामल दाल, तेल,नुन, चिनी, सेनिटाइजर, मास्क, सेनेटरी प्याड, ग्रोल्वस, टुथपेष्ट,ब्रस, तौलिया,साबुन, सरफ , लिटो लगायत १५ किसिमका सामान वितरण गरेको थियो ।

उक्त राहत एक कार्यक्रम बिच मनकामना ट्रेनिङ एण्ड स्किल डेभलपमेन्ट ईन्ष्टिच्युटका क्षेत्रीय संयोजक गणेश दाहाल, दुहवी नगरपालीका वार्ड नं.२ का वडाध्यक्ष नविन विश्वास लगायतले वितरण गर्नुभएको थियो ।

सम्बन्धित खवर