रतुवामाईमा पहिलो पटक आइसोलेसन केन्द्र स्थापना

रतुवामाईमा पहिलो पटक आइसोलेसन केन्द्र स्थापना

 

इटहरा : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर दुई झुर्कियास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा आइसोलेसन केन्द्र स्थापना गरिएको छ । आइसोलेसन भदौ २२ गतेबाट सञ्चालनमा आएको छ ।

२५ वटा बेड रहने उक्त आइसोलेसन केन्द्रमा हाल १६ वटा बेड तयारी अवस्थामा रहेको नगरप्रम’ख रविन राईले बताउनुभयो । बाकी बेडहरु चाडै नै व्यवस्था गरिने उहाँको भनाई छ ।

आइसोलेसन सञ्चालनमा सुरुभएसँगै सात जना कोरोना संक्रमितहरुलाई राखेर उपचार सुरु गरिएको पनि मेयर राईले जानकारी दिनुभयो ।

आइसोलेसनमा उपचारत संक्रमितहरुलाई स्वास्थ्य मापदण्ड अनुसार खानपिन र आवासको प्रबन्ध गरिने मेयर राईको भनाई छ । त्यसैगरी संक्रमितहरुलाई सहज रुपमा सञ्चार सुबिधा दिन वाइफाइको समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

आइसोलेसनमा आफ्नो नगरका संक्रमितहरुलाई मात्र राखिने पनि नगरप्रमुख राईले बताउनुभयो ।

सम्बन्धित खवर