बार्सिलोनाका मिडफिल्डर कौटिन्हो स्पेन फर्केका छन् । जर्मन क्लब वायर्न म्युनिखमा लोनमा गएका कौटिन्हो बार्सिलोनामा फर्किएका हुन् । ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो स्पेनिस क्लब बार्सिलोना फर्किएको वायर्नले बताएको छ ।
एक सिजन वायर्ननमा बिताएका २८ वर्षीय कौटिन्होले वायर्नका लागि बुन्डेस लिगा, च्याम्पियन्स लिग र जर्मन कप जितेका थिए । वायर्नले कौटिन्होले क्लब छोडेको बताउँदै धन्यवाद पनि दिएको छ । यता कौटिन्होले आफूलाई वायर्नमा रहँदा समर्थन गर्ने समर्थकलाई पनि धन्यवाद दिएका छन् ।
सन् २०१८ मा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना आएका कौटिन्होलाई दोस्रो सिजननै बार्सिलोनाले लोनमा पठाएको थियो । कौटिन्होले बुन्डेसलिगामा २३ खेल खेल्दै ८ गोल गरेका थिए । यस्तै च्याम्पियन्स लिगमा ३ गोल गरेका थिए ।
बार्सिलोनासँग कौटिन्होको सम्झौता अझै ३ वर्ष बाँकी छ ।