पथरीबाट बालिका अपहरण, २ वटा एम्बुलेन्ससहित तीन जना पक्राउ

पथरीबाट बालिका अपहरण, २ वटा एम्बुलेन्ससहित तीन जना पक्राउ

मोरङ, परिवारलाई नै मारिदिने धम्की दिँदै दुई लाख नगदसहित बालिका अपहरण गरेको अभियोगमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिएकामध्ये मोरङ पथरी शनिश्चरेका एकसहित तीन युवा रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका–८ का २१ वर्षीय सुजन रणपहेलीलगायत रहेका छन्। १३–१४ वर्षकी बालिकालाई पथरीबाट दुई वटा एम्बुलेन्स परिवर्तन गरेर काठमाडौ लाँदै गर्दा काभ्रेपलान्चोकको साँगा भञ्ज्याङ्बाट नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

घट्ना विवरण अनुसार गत सोमबार पथरीबाट बालिकाको आमाले माइक्रो फाइनन्सबाट २ लाख ॠण झिकेर घर लगेकी थिइन् । उक्त रकम छोरीलाई राख्न दिएका थिए।

मंगलबार बिहान ४ बजे घरमा आएर त्यो दुई लाख रुपैयाँ बोकेर हिँड्नु पर्ने नहिँडे आमालाई सहित मारिदिने धम्की दिएपछि बालिका रकम बोकेर हिँड्न बाध्य भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

मंगलबारेबाट पथरी बजार आएर को २ च २८८२ नम्बरको एम्बुलेन्स चढेर इटहरी पुगेका थिए। त्यहाँबाट को २ च ३१२१ नम्बरको अर्को एम्बुलेन्सबाट काठमाडौ जाने क्रममा उनीहरु पक्राउ परेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलिपकुमार गिरीले बताए।

रणपहेलीसंगै को २ च २८८२ नम्बरको एम्बुलेन्स चालक पथरी शनिश्चरे ६ का २२ वर्षीय रमण आचार्य र को २ च ३१२१ नम्बरको चालक मोरङ सुनवर्षीका ३६ वर्षीय पूर्णबहादुर तामाङ एम्बुलेन्ससहित पक्राउ परेका छन्।

को २ च २८८२ नम्बरको एम्बुलेन्स बिरामी लिएर काठमाडौ जाँदै गरेको र इटहरीदेखि अर्कोमा लगाइ दिएको खुलेको छ।

उज्यालो भएपछि छोरी र नगद हराएकोबारे प्रहरीमा जानकारी गराएपछि खोजी गर्ने क्रममा दुई वटै एम्बुलेन्स र अपहरणमा संलग्नहरुलाई साँगा भञ्ज्याङ्बाट नियन्त्रणमा लिइएको डीएसपी गिरीले बताए। नियन्त्रणमा लिइएका तीनै जनालाई अपहरण तथा ज्यान मार्ने र बेच्ने मुद्दामा शुक्रबार म्याद थपिएको गिरीले बताए।

रणपहेलीले बिहानै आएर मुख थुनेर हल्ला गरे परिवारै मारिदिने भन्दै पैसा बोकेर हिँड्न भनेपछि आमालगायत परिवारको ज्यान बचाउन आफू हिँड्न बाध्य भएको बालिकाले बयान दिएकी छन्।

शंकास्पद व्यक्तिहरुलाई एम्बुलेन्समा चढाउने, महँगो भाडामा एम्बुलेन्स खोजी गरिदिनेलगायत अनुसन्धानबाट खुल्ने अन्य ब्यक्तिहरुलाई समेत नछाडिने डीएसपी गिरीले बताए । इनयाँपुस्ताबाट

सम्बन्धित खवर