मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक जना गम्भिर घाइते

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक जना गम्भिर घाइते

राजेन्द्र महतो, लहान

सिरहाको चोहर्वा सिरहा सडक खण्डमा शुक्रबार साँझ मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भिर धाइते भएका छ्न् ।

सिरहाको नरहा गाउँपालिका ५ बलुबा टोल नजिकै चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज १ त ४३२९ नं. को ट्र्याक्टरमा अनटेष्ट मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहा नगरपालिका ५ निवासी १९ वर्षीय अमलेश महतो र सोही ठाउँका २१ वर्षीय सुनिल सदा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका लागि लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा लगिएको थियो । उपचारका क्रममा दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

दुर्घटनामा परी १९ वर्षीय मिथिलेश सदा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ । सडक छेउमा ईटा लोड गरी बिग्रीएर रोकि राखिएको ट्रयाक्टरमा तीव ग्रतिमा चलाएको मोटरसाईकलले ठक्कर दिएपछि दुर्घटना भएको स्थानीयले बताएका छ्न् ।

सम्बन्धित खवर