राजेन्द्र महतो, लहान
रगतको अभाव बढेपछि सिरहाको लहान नगरपालिका २४ मानिकदहमा एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
सो कार्यक्रममा ५१ प्रिन्ट रगत संकलन भएको छ ।
नेपाल समाज जनकल्याण युवा संघ लहान ६ को आयोजना तथा निर्माण व्यावसायी संघ लहान र नेपाल रेडक्रस सोसाइटी लहान शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो। सो रक्तदान कार्यक्रममा ५१ जना युवाले सामुहिक रुपमा रक्तदान गरेको नेपाल समाज जनकल्याण युवा संघ लहान ६ का अध्यक्ष सुदिप महतोले बताएका छन्।
निर्माण व्यावसायी संघ लहान सिरहाका अध्यक्ष रासलाल रायको प्रमुख आतिथ्यमा समपन्न सो रक्तदान कार्यक्रममा आयोजक कार्यसमितिका पदाधिकारी, प्रहरी, स्थानीय बुद्धिजिवि तथा पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष सुदिप महतोले विश्व महामारी कोरोना भाईरसको संकटकालिन अवस्थामा रगत आभाब भैरहेको बेला सहयोगी मनहरुले शनिबार रक्तदान गरेको बताएका छ्न् ।