रंगेलीमा समुदायस्तरमै फेलिएको कोरोना पूर्ण रुपमा नियन्त्रण

रंगेलीमा समुदायस्तरमै फेलिएको कोरोना पूर्ण रुपमा नियन्त्रण

किरण न्यौपाने, रंगेली

रंगेलीमा समुदाय स्तरमै फैलिएको कोरोना पुर्ण रुपमा नियन्त्रणमा आएको छ । पछिल्लो समय साउन १७ गते एकै परिवारका १४ जना सहित एकै पटक २२ जनामा कोरोना देखिए पछी रंगेलीमा समुदाय स्तरमै कोरोना फैलिएको देखिएको थियो ।

विराटनगर पछी रंगेली बजार क्षेत्र कोरोना केन्द्र बिन्दु बनेपछी रंगेली नगरपालीकाले करिव ३ साता लामो संक्रमण फैलिएको वडा शिल सहित नगर क्षेत्र पुर्ण रूपमा लकडाउन गरेर कोरोना नियन्त्रण कार्य थालेको थियो । नगरले संक्रमितको सम्पर्कमा आएका मानिसहरुको चरण चरणमा कन्ट्याक ट्रेशिङ गर्दा समुदायमै १ सय ९ जना संक्रमित फेला परेको स्वास्थ्य शाखाका भुपेन्द्र मण्डलले बताए ।

समुदायमै कोरोना देखिएपछी कोरोना नियन्त्रणका लागि मानिस मानिसहरु बिचको सम्पर्क हुन नदिन रंगेली बजार क्षेत्र पुर्ण शिल गरेर कन्ट्याक ट्रेशिङलाई प्राथमिकता राखेर छिटो पिसिआर गरी संक्रमितहरुलाई रंगेलीमै आईसोलेशन गरी उपचार गराऊदा छोटो समयमै रंगेलीमा समुदाय स्तरमै फैलिएको कोरोना पुर्ण रुपमा नियन्त्रण गर्न सकिएको मेयर दिलीप वगडीयाले जानकारी दिए । उनले भने ‘हाम्रो आईसोलेशनमा १ सय ९ जना मध्ये ३ जना संक्रमित बाकी थिए उनिहरुको रिपोर्ट पनि आज नेगेटिभ देखिएपछी रंगेली जनता क्याम्पस आईसोलेशन पुर्ण रुपमा खाली भएको छ ।’ रंगेली नगरपालीकाले कोरोना केन्द्र विन्दु रहेको रंगेली बजार सहित संक्रमण देखिएको वार्ड नं. ५, ६ र ८ वडाको करिब १ हजार २ सय जनाको पिसिआर परिक्षण गरेको थियो । प्रदेशका आईसोलेशन वार्डहरुमा विरामी भरिएपछी नगरले आफै रंगेली अस्पतालको समन्वयमा १ सय वेड क्षमताको आईसोलेशन सेन्टर स्थापना गरी रंगेलीका संक्रमण पुष्टी भएका विरामीहरुलाई रंगेलीमै राखेर उपचार गरेको थियो ।

रंगेली स्वास्थ्य शाखाका भुपेन्द्र मण्डले रंगेलीमा समुदाय स्तरमै संक्रमण देखिएका १ सय ९ मध्ये ८७ जनालाई रंगेली आईसोलेशन सेन्टरबाटै उपचार पछी घर पठाएको बताए । अन्य धरान र गोठगाउँबाट उपचार पछी फर्किएका हुन् । रंगेलीमा भारत र विदेशबाट आएर क्वारेन्टिन बसेका ११ जनामा पनि कोरोना पुष्टी भइ उपचार पछी घर फर्किएको रेकर्ड नगरसंग रहेको छ ।

मेयर वगडीयाले रंगेली कोरोना संक्रमित शुन्य बनाउन एक्लैको प्रयास बाट नभइ स्थानीय समुदाय पनि सचेत भइदिएर यो सफलता पाएको बताउदै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्थानीय राजनैतिक दलहरूको समेत ठुलो सहयोगले रंगेली ठुलो समस्याबाट निस्किएको बताउनुभयो ।

सम्बन्धित खवर