विराटनगरका दुई कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगरका दुई कोरोना संक्रमित महिलाको मृत्यु

 

विराटनगर । कोरोना भाइरसका कारण विराटनगरका दुई जना महिलाको मृत्यु भएको छ ।

एक जनाको विराटनगरस्थित कोशी अस्पतालमा र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

कोशी अस्पतालमा शुक्रबार साझ मृत्यु भएकी विराटनगर ४ कि ६४ वर्षीय महिलाको शनिबार बिहान ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई शुक्रबार दिउँसो ३ बजेतिर अस्पताल लगिएको थियो ।

कोरोनाको आशङ्कामा स्वाब संकलन गरि आइसोलेसनमा भर्ना गरेर उपचार भैरहेकोमा साँझ ७ः३० बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दासले जानकारी दिनुभयो ।

उता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर ११ कि ४३ वर्षीया कोरोना संक्रमीत महिलाको शुक्रबार साँझ मृत्यु भएको छ । पेट र छात्ती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्युरो अस्पतालबाट रेफर भएकी महिलाको साझ ६ः३० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिनुभएको छ ।

महिलामा चार वर्षदेखि मुटु र उच्च रक्तचापको समस्या रहेको बताईएको छ । मृतकमा बुधबार कोरोना पुष्टि भएपछि न्युरोले बिहीबार प्रतिष्ठानमा रेफर गरेको थियो ।

हालसम्म प्रतिष्ठानमा उपचाररत २२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । प्रदेश १ मा कोरोनाबाट मृत्युु हुनेको संख्या ३७ पुगेको छ । जसमा १२ जना प्रदेश २ घर भएका हुन् ।

सम्बन्धित खवर