प्रदेश १ मा आज थप १४५ जनामा कोरोना पुष्टि, आजै ७२ जना डिस्चार्ज

प्रदेश १ मा आज थप १४५ जनामा कोरोना पुष्टि, आजै ७२ जना डिस्चार्ज

विराटनगर, प्रदेश १ मा शुक्रबार थप १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुंगामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा शुक्रबार ६० जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार संक्रमण देखिएकामा २५ महिला र ३५ जना पुरुष रहेका छन् । मोरङको बुढीगंगामा २ महिला ४ पुरुष, लेटाङमा २ महिला, सुनबर्षी र ग्रामथानका १/१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । उता सुनसरीको दुहवीमा ७ महिला ६ पुरुष, इटहरीमा १ महिला ९ पुरुष, धरानमा १ महिला २ पुरुष, इनरुवामा २ पुरुष, गढीमा १ महिला १ पुरुष, बर्जुमा १ महिला १ पुरुष, बराहक्षेत्रमा १ पुरुष र कोशी गाउँपालिकामा १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको कनकाइका ३ महिला ८ पुरुष, दमकमा ३ महिला २ पुरुष, मेचीनगरमा ४ पुरुष, भद्रपुर र झापा गाउँपालिकामा ३/३, कचनकवल र गौरीगञ्जमा १/१ पुरुष, ओखलढुङ्गाको मानेभञ्ज्याङमा २ महिला २ पुरुष, भोजपुरमा १ पुरुष, उदयपुरको त्रियुगाका १ पुरुष, सोलुखुम्वु र खोटाङको स्थानीय तह नखुलेका १/१ पुरुष र प्रदेश १ बाहिरका १ महिला ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा हाल सम्म कोरोना संक्रमितको संख्या ३ हजार ८२५ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार ७२ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन केन्द्र, गोठगाउँबाट ३२, मेची अस्पताल झापाबाट १६, कोभिड १९ आइसोलेसन केन्द्र, रंगेलीबाट ११, होटल एशियाटिक आइसोलेसनबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ५, विजेनरल अस्पताल आइसोलेसन केन्द्र, हरिनगरबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ८१९ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार २ हजार १६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५३ महिला र ९१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म ९५ हजार ४५९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित खवर