शुल्क असुल्ने बिद्यालयलाई कारबाहीको माग गर्दै नेविसंघ शिक्षा शाखामा

शुल्क असुल्ने बिद्यालयलाई कारबाहीको माग गर्दै नेविसंघ शिक्षा शाखामा

सञ्जय आचार्य, पोखरा

नेपाल विद्यार्थी संघ कास्कीले बिहीबार बर्तमान शैक्षिक अवस्था, विद्यार्थी शुल्क र भर्नाबारे पोखरा महानगरको शिक्षा महाशाखालाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझउँदै संघले तिन दिने अल्टिमेटम दिनुका साथै विद्यार्थीहरुसंग शुल्क उठाउने शैक्षिक संस्थाहरुलाई तत्काल कारबाही गर्न पनि माग गरेको छ ।

पोखरा महानगरमा विभिन्न निजी बिधालयले कोरोना महामारीका बीच पनि विद्यार्थीहरुको भर्ना शुल्क, अन्लाईन पठनपाठन शुल्क लगायतका बिषयमा अभिभावकलाई दिनहुँ फोन गरेर दबाब दिएर शुल्क मागेको र उठाइरहेको भन्दै नेविसंघले ज्ञापन पत्र बुझाएको संघका निवर्तमान सभापती बिकास थापाले जनाए । थापाले भने ‘लकडाउनमा पनि शुल्क उठाइरहेको हुँदा हामी शैक्षिक संस्थाको विरुद्धमा लागेका हौँ। धनी र गरिब विद्यार्थी छुट्याइने खालको कुनै पनि शैक्षिक गतिविधि पनि हामीलाई मान्य हुनेछैन् । विद्यार्थीसंग उठाएको रकम पनि विद्यालयले तत्काल फिर्ता गर्नुपर्छ । विद्यार्थीको भबिष्य सुनिश्चितका लागि हाम्रा मागहरु ३ दिनमा सुनुवाइ नभए शिक्षा महाशाखा र जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्नेछौँ।’

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघ कास्कीका पुर्व उपसभापति मेख तामाङ, नि. वर्तमान केन्द्रीय सदस्य गोपाल गुरुङ, कास्कीका नि. वर्तमान सभापति बिकास थापा, जनप्रिय क्याम्पसका स्ववियु सभापति आसिक गुरुङ, नि. र्तमान सभापति महादेब गिरि संघ पे.क.का सभापति टेनिस श्रेष्ठ, नेवीसंघ नेता बिपिन पौडेल, अर्जुन सापकोटा, अर्जुन अधिकारीको उपस्थिति रहेको थियो।

सम्बन्धित खवर