६ बर्षिया बालिकाको मुटुमा प्वाल आर्थिक अभावले उपचार हुन सकेन

६ बर्षिया बालिकाको मुटुमा प्वाल आर्थिक अभावले उपचार हुन सकेन

रबिन्द्र बराल, रंगेली

मोरङको रंगेली नगरपालिका १ स्थित जमुवा टोलमा वसोबास गर्दो आएका लाल किस्कु कि ६ वर्षीय छोरी सभ्यता किस्कुको मुटुमा प्वाल परेपछि आर्थिक अभाबका कारण उपचार हुन सकेको छैन । डेढ बर्ष अगाडि देखि श्वासप्रश्वासमा समस्या भएता पनि आर्थिक अभावले गर्दा उनको उपचार हुन सकेको थिएन ।

बुबा लालले छोरीको श्वासप्रश्वासमा दिन प्रतिदिन समस्या बढ्दै गए पछि साउन १३ गते पहिलो पटक बिराटनगर स्थित रिलायवल पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा.लि. मा उपचारका लागि पु¥याएका थिए । रिलायवलका वरिष्ठ नवाजात तथा बालरोग एवं बाल मुटु रोग विशेषज्ञ डा. मनोज कुमार श्रीवास्तवसंग छोरी सभ्यताको उपचार गराएका थिए । एक्सरेमा मुटुमा प्वाल परेको देखिएपछि तत्काल काठमाडौं लगेर उपचार गर्न डाक्टरले सल्लाह दिएका थिए तर आफुसंग आर्थिक अभावका कारण छोरीको उपचारका लागि काठमाडौ लैजान नसकेको किस्कुले बताए ।

१ कट्ठा १० धुर मात्रै जग्गा रहेको उनको परिवारको खरले छाएको सानो घर छ । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका उनको आम्दानीको श्रोत नभएपछि छोरीको उपचार गराउन नसकेर घरमै राखिरहेका छन् । तत्काल अस्पताल पुग्ने खर्च समेत नभएका किस्कुलाई छोरीको उपचारमा कति खर्च लाग्छ सो कुरा समेत थाहा छैन् । देश तथा विदेशमा रहेका सहयोगीहरुलाई थोरै भएपनि सहयोग गरिदिन किस्कुले अनुरोध गरेका छन् । सहयोग गर्ने दाताहरुले श्री इन्स्टुमेन्ट एण्ड फाइनान्स कम्पनी लि. बिराटनगर शाखामा रहेको लाल किस्कुको खाता नं. 2012012000127524 मा सहयोग गर्न सकिने किस्कुले बताएका छन् ।

सम्बन्धित खवर