पथरी शनिश्चरेका ८२ जनाको रिपोर्ट नेगेटिभ, अन्तिम रिपोर्ट आएपछि लकडाउन बारे निर्णय हुने

पथरी शनिश्चरेका ८२ जनाको रिपोर्ट नेगेटिभ, अन्तिम रिपोर्ट आएपछि लकडाउन बारे निर्णय हुने

पथरी, मोरङको पथरी शनिश्चरेमा क्वारेन्टिनमा रहेका र समुदायका गरी ८२ जनाको कोरोना पीसीआर परीक्षणको रिपोर्ट आज नेगेटिभ आएको छ ।

भदौ १६ गते क्वारेन्टिनका ५ र समुदायस्तरमा कोरोना संक्रमितहरुको सम्पर्कमा रहेकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ मार्फत ७७ जनाको स्वाब परीक्षणमा पठाइएकोमा कसैमा पनि कोरोना नदेखिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो ।

समुदायस्तरका ३ जनामा कोरोना भाइरस देखिएको र एकजनामा मृत्युपछि संक्रमण पुष्टि भएपछि नगरमा ‘कन्ट्रयाक ट्रेसिङ’ गरेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब पठाइएको थियो । जसमा ‘कन्ट्रयाक ट्रेसिङ’ का आधार भदौ १७ गते पनि ९० जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको छ । त्यसको भनें रिपोर्ट आउन बाँकी रहेको छ ।

हाल जारी रहेको बन्दाबन्दी (लकडाउन) अव आउने पछिल्लो रिपोर्टका आधारमा के हुने भन्ने निर्णय गरिने नगर प्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका संयोजक दिलीपकुमार राईले जनाउनु भयो ।

स्वाबको रिपोर्ट आएपछि रिपोर्टको अवस्थाको आधारमा लकडाउन हट्ने वा स्वरुप परिवर्तन हुने बारे निर्णय हुनेछ । तसर्थ रिपोर्ट नआउन्जेलसम्म लकडाउन निरन्तर रहने छ ।

सम्बन्धित खवर