बाग्लुङ : बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ९ र आसपासको क्षेत्रमा पहिरो खस्दा ९ जनाको मृत्यु भएको छ । बेपत्ता भएकाहरुको खोजीकार्य जारी छ । खोजिकै क्रममा ९ जनाको शव भेटिएको छभने केहीको सनाखत समेत भएको छ । बाढी पहिरोपा परी घाईते भएका ४ जनाको उद्धार गरिएको प्रहरी निरीषक प्रकाश सिंह भट्टराईले बताए । उद्धारकार्य जारी छ । नेपाली सेना, प्रहरी र ससस्त्र प्रहरीको समुह घटनास्थल पुगेको छ । बेपत्तका केतिभए भन्ने बिषयमा अझै खोजी भैरहेको र एकिन तथ्यांक आई नसकेको भट्टराईले बताए ।
प्रहरीले हाल सम्म फेला पारेको शवहरु
१. ढोरपाटन नगरपालिका–३ भुजिखोला किनारमा अन्दाजी ३०÷३२ बर्षको पुरुष ब्यक्तीको कम्मर भन्दा माथिको भाग मात्र भेटिएको ।
२. ढोरपाटन नगरपालिका–५ बुडाथोक स्थित पुलको लठ्ठोमा अड्केको अवस्थामा बर्ष अन्दाजी ३०÷३५ को पुरूषको शव भेटिएको ।
३. ढोरपाटन नगरपालिका– ५ बालुवा स्थितमा बर्ष अन्दाजी ४० को महिलाको शव भेटिएको ।
४. बडिगाड गाउँपालिका– ५ स्थित खोला किनारमा महिलाको बाया खुट्टा मात्र फेला परेको ।
५.वडिगाड गाउँपालिका– ७ खोप्चेमा बर्ष अन्दाजी १२÷१३ को बालकको शव फेला परेको ।
६. ढोरपाटन नगरपालिका–२ चुरेलाबासमा बर्ष २०÷२२ की किशोरीको शव फेला परेको ।
७. ढोरपाटन नगरपालिका–५ पेङखोला स्थितमा बर्ष अन्दाजी १२÷१५ की बालिका मृत अबस्थामा फेला परेकी ।
८. गुल्मी जिल्ला मुसिकोट नगरपालिका–५ झक्कले स्थित बडिगार्ड खोलाको बिच बगरमा बर्ष अन्दाजी ३५÷४० को महिलाको शव फेला परेको ।
९) ढोरपाटन नपा ५ अस्तुमा बर्ष अन्दाजी १५÷१६ कि महिलाको शव फेला परेको ।
भेटिएर सनाखत भएका मृतकहरूको नामावली
१. ढोरपाटन नगरपालिका ९ भट्टेचौर बस्ने बर्ष २६ कि केशमाया बिक घर नजिकै खोला किनारमा शव भेटिएको ।
शकुशल उद्धार गरिएका घाईतेहरु
१. ढोरपाटन नगरपालिका–४ दुनेपोखरा बस्ने बर्ष १५ को महेन्द्र पुन शरीरमा र टाउकोमा चोटलागेको अवस्थामा गम्भिर रहेको ।
२) ढोरपाटन नगरपालिका–४ बस्ने बर्ष २८ की सरीता घर्ती दुबै खुट्टामा चोट लागेको । अबस्था मध्यम ।
३. ढोरपाटन नगरपालिका–४ बस्ने ४२ का धर्मेन्द्र पुन दुबै खुट्टामा चोट लागेको । अबस्था मध्यम ।
४. ढोरपाटन नगरपालिका–४ बस्ने बर्ष ५४ की बेलमती पुन दुबै हातमा चोटलागेको । अबस्था सामान्य ।