पोखरा : गण्डकी प्रदेशका एक सांसदलाई कोरोना भाइरस संक्रमण देखिएको छ । विहिबार गरिएको परीक्षणका क्रममा उनलाई कोरोना पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रहरीलाई देखिएको कोरोना संक्रमणपछि कन्ट्याक्ट ट्रेसिङमा परेका सांसद पनि कोरोना पोजिटिभ भएका हुन् ।
केहि समयअघि उनले संक्रमित प्रहरीसँगै खाना खाएको बताएका छन् । ‘सँगै खाना खाएको थिएँ । वहाँलाई पोजिटिभ देखिएपछि मैले पनि परीक्षण गराएको हुँ,’ ति सांसदले आदर्शसमाज सँग भने, ‘मेरो पनि पोजिटिभ रिपोर्ट आयो ।’
उनी अहिले डेरामै बसिरहेका छन् । ‘म डेरामै छु । स्वास्थ्य अवस्था पनि सामान्य छ,’ उनले भने । उनको संक्रमण पुष्टीसँगै उनीसँग भेटिएकाहरुको खोजी भैरहेको छ । ति सांसदलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
