अनिश्चित कालका लागि पथरी शनिश्चरे लकडाउन, बैंक तथा वित्तीय संस्था १ बजे सम्म खुल्ला

अनिश्चित कालका लागि पथरी शनिश्चरे लकडाउन, बैंक तथा वित्तीय संस्था १ बजे सम्म खुल्ला

पथरी, मोरङको पथरी शनिश्चरे नगरमा आज राती १२ सम्म तोकिएको बन्दाबन्दी (लकडाउन) अर्काे सूचना नभएसम्मका लागि पुनः निरन्तर रहने भएको छ ।

समुदायस्तरका कोरोना भाइरस संक्रमितको सम्पर्कमा भएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ बाट पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि पठाइएको र सो को रिपोर्ट नआउन्जेलसम्मलाई लकडाउनले निरन्तरता पाउने भएको हो । स्वाबको रिपोर्ट आएपछि रिपोर्टको अवस्थाको आधारमा लकडाउन हट्ने वा स्वरुप परिवर्तन हुने बारे निर्णय हुनेछ । तसर्थ रिपोर्ट नआउन्जेलसम्म लकडाउन निरन्तर रहने नगर प्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका संयोजक दिलीपकुमार राईले जनाउनु भयो ।

नगरमा मृत्यु भएका १ जनामा कोरोना देखिएको तथा समुदायका अन्य ३ जनामा पनि सो संक्रमण देखिएकाले तिनीहरुका परिवार तथा सम्पर्कमा भएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ गरी हिजो र आजमा १ सय ७२ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

१ जना संक्रमित देखिएको वडा नम्वर १ को सुन्दरबस्तीलाई सिल गरिएको छ । अर्का संक्रमित देखिएको हनुमानचोक र अन्नपूर्ण चोक दक्षिणका अर्का संक्रमितको घरपरिवार सहित आसपासका घरलाई समेत सिल गरी बाहिर कोहीसँग सम्पर्क हुन र आवतजावत गर्न प्रतिवन्ध छ ।

यसैगरी, मृत्यु भएपछि कोरोना देखिएका २ नम्वर वडाको देवीगञ्जका एक परिवार र आपसपासका घरलाई पनि उसैगरी बाहिर सम्पर्क हुन र आवतजावत गर्न प्रतिवन्ध गरिएको छ ।

विहान ६ बजेदेखि विहान १० बजेसम्म खुल्ने सब्जी, फलफुल, दुधजन्य पसलहरुमा भिडभाड नगरी कम्तिमा २ मिटरको भौतिक दूरी कायम गरी मास्क र ग्लोब लगाएर साबुनपानी वा सेनिटाइजरले हात सफा गरेर मात्र कारोबार गर्न थप सचेत गराइएको छ । सैलुन, जिमहल, व्यूटिपार्लर, होटल सहित सरकारले प्रतिवन्धित गरेका पेशा व्यवसायहरु सञ्चालन नगर्न र घरमै बसेर कोरोनाबाट आफुपनि बच्न र अरुलाई पनि बचाउन अनुरोध छ । स्वास्थ्य सतर्कता अपनाउँदै बैंक तथा वित्तिय संस्था भनें दिउँसो १ बजेसम्म सञ्चालनको अनुमति छ ।

सम्बन्धित खवर