उदयपुरको रौतामाइ गाउँपालिकाको नमुना माध्यामिक बिद्यालय मुर्कुचीमा सिभिल इन्जिनियरिङको भवन उद्घाटन भएको छ ।
प्रदेश सासद नारायण बुर्जा मगरको प्रमुख अतिथित्वमा दुई तले भबन उद्घाटन भएको हो ।
भवन निर्माण बिध्यालयको कोष बाट नौ लाख सन्ताउन्न हजार छ्सय तिरासी र प्रदेश सासदको ससदिय क्षेत्र बिकास कोष बाट नौ लाख छ्सठी हजार पाच सय र गाउपालिका बाट पन्ध्र लाख उनान्नब्बे हजार सात सय पचहत्तर रुपैया गरि कुल लागतमा पैतिस लाख तीन हजार तीन सय चालिस रुपैयामा दुई तले भबनमा चार कोठा सहित अत्याधुनिक भबन निर्माण कार्य सम्पन्न गरेको बिध्यालय ब्याबस्थापन समितिका अध्यक्ष फुल कुमारी आले मगरले बताउनु भयो ।
यश बिद्यालय शैक्षिक सत्र छयातर सतहत्तरमा नमुना बिध्यालय पर्न सफल भएको समाज सेबि बुद्धिजीवी भरत थापाले बताउनु भयो।
प्राबिधिक शिक्षालाई गुणस्तर बनाउन प्रदेश सरकार अगाडि बढिरहेको बताउदै प्रदेश सासद नारायण बहादुर बुर्जा मगरले अबको शिक्षा ब्याबहारिक हुनु पर्ने बताउनुभयो ।
नमुना बिद्यालयमा पाँच बर्ष सम्म भौतिक पुर्वाधार सबै तयार भै आधुनिक बिध्यालय तर्फ अगाडि बढदै बिकास हुने बुर्जा मगरले बताउनुभयो ।
कोरोनाको कारण भर्ना अभियान प्रभावित भएको र केहि मापदण्ड तयार गरि सन्चालन गर्ने तयारी गरेको प्रधानध्यापक खडग थापाले बताउनुभयो ।