पथरी, पथरी शनिश्चरेका १ जनाको न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको छ । मृत्युपछि गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिए ।
नगरको वडा नं. २ का ६५ वर्षका पुरुषको उपचारका क्रममा निधन भएको हो । उनि उपचारका लागि १० दिन अगाडी न्युरो गएको र उनको आज मृत्यु भएको आचार्यले जानकारी दिए । रिपोर्ट पोजेटिभ आएपनि ति व्याक्तिको निधन कोरोनाकै कारण भएको हो अथवा अन्य रोगले हो भन्ने यकिन नभएको आचार्यले जनाए ।
आज नै पथरी क्वारेनटाइनका ४ जना र समुदायका ३ जना गरि थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । नगरले सबैलाई सुरक्षित रहन अनुरोध गरेको छ ।