पोखरामा थप एक कोरोना सङक्रमितको मृत्यु

पोखरामा थप एक कोरोना सङक्रमितको मृत्यु

पोखरा : पोखरामा शनिवार थप एक कोरोना सङक्रमितको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं १४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । पेटको  शल्यक्रियाका लागि यहि भदौ ८ गते उनी अस्पताल भर्ना भएका थिए ।

अस्पताल भर्ना भएकै दिन भदौ ८ गते परीक्षणमा गरिएकोमा भदौ १० गते आएको नतिजामा उनी कोरोना सङक्रमण भएको पाइएको अस्पतालका निर्देशक सह प्रा डा. अर्जुन आचार्यले बताए । कोरोना सङक्रमण भएको फेला परेपछि उनलाई प्रतिष्ठान अन्तरगतको कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहे थियो । उपचारकै क्रममा उनको आज विहान ११ बजे मृत्यु भएको निर्देशक प्राडा आचार्यले बताए ।

कोरोना सङक्रमण भइ कोभिड १९ उपचार केन्द्रमा मृत्यु हुनेको सँख्या ७ पुगेको छ भने गण्डकी प्रदेशमा मृत्यु हुनेको सँख्या १२ पुगेको छ ।

सम्बन्धित खवर