पथरीमा पनि समुदाय स्तरमा कोरोना

पथरीमा पनि समुदाय स्तरमा कोरोना

पथरी, मोरङको पथरी शनिश्चरेमा पनि समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । शनिवार आएको परीक्षणको रिपोर्ट अनुसार समुदाय स्तरका ३ जना र क्वारेन्टिनमा रहेका ४ जनामा कोरोना पोजेटिभ देखिएको नगर प्रमुख दिलिप कुमार राईले जानकारी दिए ।

नगरको क्वारेन्टिनमा रहेका र समुदायका गरी जम्मा ७ जनालाई कोरोना देखिएपछि सबैलाई सुरक्षित रहन नगरले अनुरोध गरेको छ । संक्रमितहरु २२, २३ र २५ वर्ष उमेर समुहका रहेका छन् । छिमेकी पालिकाहरुमा समुदाय स्तरमा नै कोरोना देखिएको अवस्थामा पनि पथरी शनिश्चरेमा भने निकै सुरक्षित रहेको आम नगरवासीले महसुस गरिरहेका थिए ।

सम्बन्धित खवर