पथरी
कोरना भाइरस समुदायमै फैलिएको भन्दै मोरङ्गको लेटाङ्ग नगरपालिकामा शनिवार राती १२ बजेवाट नगरपालिका सिल गरिने भएको छ । नगरपालिकाको २ नम्वर वडाको एक परिवारमा कोरनाको संक्रमण देखिएसंगै नगरभित्र कोरना समुदायमै फैलिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका सवै नाका वन्द गर्ने र नगरभित्रका सवै पसल वन्द गर्र्ने निर्णय गरिएको नगरपालिका श्रोतले जनाएको छ । नगरभित्र कोरनाको संक्रमण रोक्न नगरसिल गरिएको हो । भाद्र १६ गते राती १२ वजे सम्म नगरका सवै क्षेत्र सिल गरिएको हो ।
