रौतहटमा श्रोत नखुलेको ६ लाख ४० हजार रुपैया सहित एक जना पक्राउ

रौतहटमा श्रोत नखुलेको ६ लाख ४० हजार रुपैया सहित एक जना पक्राउ

विवेक शर्मा, रौतहट

रौतहटमा श्रोत नखुलेको ६ लाख ४० हजार रुपैया सहित शुक्रबार एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । भारतबाट रौतहटको ईशनाथ नगरपालिका वडा नं. ९ लवतना तर्फ आँउदै गरेको मोटरसाईकलको चेकजाँच गर्दा ईशनाथ २ औरैयाका मनोज कुमार साहको साथबाट सो रकम बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

नेपाल भारत सिमाबाट लवतना तर्फ आँउदै गरेको अवस्थामा श्रोत नखुलेको रकम बरामद भएको सशस्त्र प्रहरी बल ११ नम्वर गणका उपरीक्षक सूर्य वहादुर सेना ओलीले जानकारी दिनुभयो ।ओलीका अनुसार उक्त रकम मोटरसाईकलको हेल्मेन्ट भित्र लुकाएर ल्याउँदै गर्दा बरामद भएको हो । यस घटनाको बारेमा थप अनुसन्धान भै रहेको सशस्त्र प्रहरी उपरिक्षक ओलीले बताउनुभयो ।

यसअघि हिजो बिहिबार सशस्त्र प्रहरीले श्रोत नखुलेको २८ लाख ५१ हजार ९ सय ६० रुपैया सहित ईशनाथ ९ का २० वर्षीय दिलिप कुमार साहलाई पक्राउ गरेको थियो । दुई दिनको अवधिमा मात्र श्रोत नखुलेको ३४ लाख ९१ हजार ९ सय ६० रुपैया रौतहट सशस्त्र प्रहरीले बरामद गरेको छ । पछिल्लो समयमा रौतहटको पश्चिमनाका हुँदै नेपाल तर्फ ल्याईएका श्रोत नखुलेको रकम पटक पटक प्रहरीले बरामद गरेको छ ।

भारतसँग सीमा जोडिएको रौतहटमा स्रोत नखुलेको रकम बरामद हुनुले यो क्षेत्रमा हुन्डी कारोबार मौलाएको संकेत मिलेको स्थानीय बताउँछन् । पछिल्लो समय हुन्डी कारोबारीहरूले जिल्लाको इशनाथ, गौर र राजदेवी नगरपालिकाको नाकाहरू प्रयोग गर्दै आइरहेका उनीहरु को भनाई छ । हुण्डी कारोबारमा बढि जोखिम हुँदा हुँदै पनि कम खर्च तथा प्रक्रियागत झन्झट कम भएको कारण रौतहटमा हुण्डी कारोबार थप मौलाएको स्थानिय अगुवाहरु बताउँछन् । बन्दाबन्दी (लकडाउन) को बेलामा नेपाल भारतको सिमा नाका बन्द भएको अवस्थामा र सिमाबाट सवै किसिमको आवतजावत निषेध गरेको अवस्थामा रकम ओसारपोसार हुने क्रम भने बढेको पाइएको हो ।

सम्बन्धित खवर