सिरहाका एक पुरुषको कोरोनाका कारण विपिमा मृत्यु

सिरहाका एक पुरुषको कोरोनाका कारण विपिमा मृत्यु

राजेन्द्र महतो, लहान

सिरहाको सुखिपुर नगरपालिका ८ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा विहिबार मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा हिजो साँझ ७ः३० बजे मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कणेल जानकारी दिए ।

गत भदौ ६ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनलाई ७ गते कोरोना पोजेटिभ देखिएको थियो । उनको कोभिड अस्पतालमा भर्ना गरेर उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठान जनाएको छ । उनमा उच्च रक्तचाप र पहिले क्षयरोग लागेर निको भएको थियो ।

मृतकको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको र शुक्रबार नेपाली सेनाको टोलीले सिरहा ल्याउने प्रमुख जिल्ला अधिकारी कणेलले बताएका छन् । यो संगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।

सम्बन्धित खवर