पत्रकारमाथि दुव्यर्वहारको निन्दा

पत्रकारमाथि दुव्यर्वहारको निन्दा

पोखरा : एभिन्यूज टेलिभिजन पोखरा व्यूरो प्रमुख पत्रकार सुमन ढुंगानामाथि मंगलबार प्रहरीले दुव्यर्वहार गरेको छ । पोखरा बुद्धचोकमा ट्राफिक प्रहरीबाट भएको दुव्यर्वहारप्रति नेपाल पत्रकार महासंघ कास्कीले निन्दा गरेको छ ।

महासंघ कास्कीतर्फबाट सचिव रामप्रसाद तिमिल्सिनाले मंगलबार विज्ञप्ति जारी गरी पत्रकारलाई निरुत्साहित गर्नुले स्वतन्त्र प्रेसमाथिकै आक्रमण भएको भन्दै आगामी दिनमा यसप्रकारका घटना नदोहोर्‍याउन आग्रह गरिएको छ ।

पत्रकारको परिचयपत्र देखाउँदा देखाउँदै प्रहरीले अपराधीलाई झैं केरकार गर्ने, कोरोना महामारीमा समेत अग्रपंक्तिमा खटिएका पत्रकारलाई दुरुत्साहित गर्न खोज्ने कार्यले आगामी दिनमा बन्द गर्न समेत चेतावनी दिइएको छ ।

सम्बन्धित खवर