पथरी, सकुम्बासी तथा अव्यवस्थित बसोबास संघर्ष समितिले लिलादेवी सापकोटाको जग्गामा गाडेको कालो झण्डा हटाएको छ । समितिले बुधबार विज्ञप्ती जारी गरेर विवाद रहित जग्गामा अनावश्यक विवाद निकालेको बताइएको छ ।
साप्कोटाले आफ्नो जग्गा परेको भनेर छिमेकी समियल योङ्हाङ, मित्रलाल राई र गंगा गहतराजलाई जग्गा छाड्न धम्की दिएको भनेर भनेर समितिका अध्यक्ष मौषम लिम्बूको टोलीले झण्डा गाडेको थियो । सोही जग्गा विवाद रहित रहेको भनेर छिमेकीहरुले नै बताएपछि समितिका उपाध्यक्ष र सचिवले विज्ञप्ती जारी गरेर जग्गा विवाद रहित रहेको भनेको हो । सो जग्गामा गाडिएको कालो झण्डा हटाएको र आगामी दिनमा यस्ता कार्यहरु पनि नगर्ने भनेर समितिले विज्ञप्तीमा उल्लेख गरेको छ ।
लिम्बूको समुहले सापकोटालाई धाकधम्की दिएको भनेर इलाका प्रहरी कार्यालय पथरीमा उजुरी परेपछि लिम्बू पक्राउ परेका छन् । साउन ३१ गते पक्राउ परेका लिम्बूलाई म्याद थप गरेर इप्रका पथरीमा राखिएको छ । लिम्बूको पक्राउका बिरुद्धमा २ दिन सम्म संघर्ष समितिले प्रहरी कार्यालय घेराउ समेत गरेका थिए । लिम्बूलाई जग्गाको विषयमा नभएर सापकोटालाई धाकधम्की दिएको भनेर उजुरी परेको र सोही आधारमा पक्राउ गरिएको इलाकाले बताएपछि संघर्ष समिति पछि हटेको थियो । तत्काल प्रकृया अगाडी बढाएर लिम्बूलाई छुटाउने प्रयास गर्ने भनिएपनि ११ दिन वित्दा पनि लिम्बू अझै छुटेका छैनन् ।