पछिल्लो २४ घण्टामा देशभर ८ सय ८५ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ८ सय ८५ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ८ सय ८५ जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार ८ सय ८५ जना संक्रमित थपिएसँगै देशभर कूल संक्रमितको संख्या ३४ हजार ४ सय १८ नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

बुधबार भेटिएका संक्रमितमध्ये २ सय ९९ महिला र ५ सय ८६ जना पुरुष रहेका छन्। देशभर पछिल्लो २४ घण्टा १३ हजार ५ सय ५३ जनाको परीक्षण गरिएको छ ।

त्यस्तै ९ हजार ८ सय ३२ देशभरका क्वारेन्टाइनमा रहेका छन्। यसैगरी ६ हजार २८ जना होम आइसोलेसनमा रहेको डा.गौतमले जानकारी दिए ।

यसैगरी प्रदेश २ को सर्लाहीमा १ सय २० जना संक्रमित थपिएका छन्। देशभरबाट पछिल्लो २४ घण्टामा २ सय ८५ संक्रमित डिस्चार्ज भई घर फर्किएका छन्।

सम्बन्धित खवर