गभारोका कारण पूर्वी मोरङका किसान चिन्तित, कुन विषादी प्रयोग गर्ने ?

गभारोका कारण पूर्वी मोरङका किसान चिन्तित, कुन विषादी प्रयोग गर्ने ?

अर्जुन काफ्ले, पथरी

रोपेको धान मर्न थालेपछि पुर्वी मोरङ्गका किसान चिन्तित बनेका छन् । धान रोपेको २ महिना पछि गभारोको कारण धान मर्न थालेको हो । किराले गाँज काट्ने र धान मर्ने समस्याले यस वर्ष धानको उत्पादन कम हुने किसानहरुको अनुमान रहेको छ ।

पथरी शनिश्चरे ३ का किसान यादव कोइरालाका अनुसार रोपिएको धानको गुवो काटिएको देखिएको छ । धान सेतो हुने, मर्ने र गुवो काटिने समस्या देखिएको किसानहरुको भनाइ छ ।

खेतमा कीटनाशक औषधी प्रयोग गरिएपनि नियन्त्रणमा आउन सकेको छैन् । रशायनिक मलको अभावका कारण पनि धान सेतो भएको कृषी प्राविधीकहरु बताउछन् ।

पथरी शनिश्चरे नगरपालिकाको कृषी शाखा प्रमुख सावित्रा कार्कीका अनुसार नगरको २, ३, १० र ७ का किसानले धान मरेको जानकारी दिएको र त्यसका लागि औषधी सिफारिस गरिएको बताइन् । कार्कीका अनुसार धानबालीमा गवारो र डढुवा रोग लागेको देखिएको छ । पथरी शनिश्चरे मात्रै नभएर यो समस्या पूर्वी मोरङका सबै किसानको साझा समस्या देखिएको छ ।

खेतमा गुवो काटिएको देखिपछि कुन विषादी प्रयोग गर्ने हो, त्यसको सल्लाह र सुझाव लिन बन्दाबन्दी तथा निषेधाज्ञाले पनि किसानलाई समस्या बनाएको छ ।

यो रोग नियन्त्रणका लागि किसानले गवारो माउ पुतली र फुलको थुप्राहरु पहिचान गरी त्यसलाई नष्ट गर्नुपर्ने, प्रकाश/उज्यालोको पासो थापेर माउ पुतली नष्ट गर्नुपर्ने, फेरोमोन ल्युपर नामक विषादी प्रयोग गर्नुपर्ने, ट्राकोग्राम परजीवीहरुको प्रयोग गर्नुपर्ने र धान उत्पादन क्षेत्रको जैविक विविधता तथा कृषि पर्यावरण खलबलिन नदिने गरी रासायनिक विषादी प्रयोग गर्नुपर्ने कार्कीले बताइन् ।

धानमा देखिएको रोगको नियन्त्रण गर्न नसके धान उत्पादन घटने र धानको आयत गर्नु पर्ने अवस्था आउने विज्ञहरु बताउछन् ।

यस्तै युरिया मलको अभावले किसानलाई अझै चिन्तित बनाएको छ । समयमा युरिया नपाएपछि केही किसानहरुले अवैध रुपमा ल्याएको युरिया महंगो मुल्यमा किन्न बाध्य भएका छन् । अधिकांश किसानलाई युरिया अभावले पिरोलेको छ । कृषिमा सरकारी तवरबाट समयमा मल बीऊको व्यवस्थापनमा ध्यान नदिँदा वर्षेनी किसानहरुले समस्या झेलिरहेका छन् ।

सम्बन्धित खवर