रंगेलीमा कोरोना नियन्त्रणमा आउदै, आईसोलेसनमा अब ११ जना मात्र

रंगेलीमा कोरोना नियन्त्रणमा आउदै, आईसोलेसनमा अब ११ जना मात्र

रबिन्द्र बराल, रंगेली

मोरङको रंगेली नगरपालिकामा बिस्तारै कोरोना नियन्त्रणमा आउन थालेको छ । पछिल्लो समय एकै परिवारका १४ जनालाई कोरोना पोजेटिभ देखा परेपछि रंगेलीमा त्रास फैलिएको थियो ।

कन्ट्रयाक ट्रेसिङमा जम्मा १ सय ७० जना सबकैको नेगेटिभ रिपोर्ट आएको छ । तिरुपती बालाजी मन्दिर क्वारेन्टिनमा अहिले ६ जना रहेका छन् भने आइसोलेशनमा ११ जना संक्रमितहरुको उपचार भईरहेको छ । उपचार पछि अहिले सम्म ७७ जनाले कोरोनालाई जितेर घर समेत फिर्ता भईसकेको स्वास्थ्य प्रमुख भुपेन्द्र प्रसाद मण्डलले बताए ।

रंगेली नगरपालिकाले साउन १९ गतेदेखि भदौ १० गतेसम्मका लागि वडा नम्बर ४,५,६ र ७ पुर्ण रुपमा निषेधाज्ञा समेत गरेको छ । बाँकी वडाहरुमा भने लकडाउन गरेको हो । रंगेली अस्पतालका प्रमुख रोहिन्द्र पाण्डेका अनुसार अहिले रंगेलीमा कोरोनाका बिरामीहरु कम हुदै गएका छन् ।

सम्बन्धित खवर