कुमार खड्का
भदौ ८, पथरी ।
भारतमा वसेर नेपालको प्रदेश नम्वर १ र २ का विभिन्न जिल्लाहरुमा हातहतियार तथा लागूऔषध कारोबारी गर्ने गिरोहका नाइकेलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
लामो समय देखी सुनसरी र मोरङका बिभिन्न नाकाहरुको प्रयोग गरेर हतियार तथा लागूऔषध कारोबारी गर्दै आएका मोरङ प्रहरीको मसट वान्टेड सूचिमा रहेका वग्गा भनिने भारतीय नागरिक प्रदीप यादवलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
भारत बिहार राज्य अररियाको ईन्द्रनगर ग्राम पञ्चायत-१० बस्ने ३९ वर्षिय बग्गा भनिने प्रदीप यादव लामो समय देखी प्रहरीको मस्ट वान्टेड सूचीमा रहेका थिए ।
उनलाई प्रहरीले गत शनिबार दिउँसो साढे ४ बजे विराटनगर-१६ दरैयाबाट नियन्त्रणमा लिएको मोरङ प्रहरीका एसपी सन्तोष खड्काले बताए । प्रहरीले वग्गाको साथबाट लागूऔषध डाइलेक्स डिसी १५ बोतल, नाइट्रोसन ५० चक्की र नाइट्राभेट ५१ चक्की बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बग्गासँग उनको एक समूह नै सुनसरी र मोरङ क्षेत्रमा हतियार र लागुऔषधको कारोवारमा सक्रिय प्रहरीको भनाई छ । उनीहरुले सुनसरीको पूर्वि नाका र मोरङको पश्चिमी नाकाबाट आफ्नो कारोवार सञ्चालन गर्दै आएको बताईएको छ ।
बग्गासँग जोडिएको दुई वटा हातहतियार तथा लागूऔषध मुद्धा मोरङमा अझै पनि विचाराधीन छ ।
प्रहरीले पूर्वी तराईमा हुने अधिकांश लागूऔषध र हतियार कारोबार बग्गाको हात रहेको जनाएको छ । बग्गा पक्राउ परेपछि पूर्व क्षेत्रमा लागूऔषध र हातहतियारको कारोबार आधा घट्ने प्रहरीले विश्वास लिएको एसपी खड्काले बताए ।
शनिबार मध्यान्न नेपाल प्रवेश गरेका यादवसँग प्रहरीको विराटनगर-१६ दरैयामा जम्काभेट भएको थियो । प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोजेका उनलाई नियन्त्रणमा लिन प्रहरीले निकै मेहनत गर्नु परेको एसपी खड्काको भानाई छ ।
पक्राउ गर्ने क्रममा एकजना प्रहरी हवल्दार सामान्य घाइते भएको र घम्साघम्सी हुँदा बग्गाको शरीरमा सामान्य चोट लागेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले बताए ।
यस अघि मोरङ प्रहरीले वग्गासग सम्मीलीत भएर भरियाको रुपमा नेपालमा कारोवार गर्ने विराटनगरमा ५ , उदयपुरमा १, इटहरीमा १ र धरानका १ गरि ८ जना भरियाहरुलाई नियन्त्रणमा लिई उनीहरुबाट प्रहरीले बग्गाको कारोवारको ठोस प्रमाण जुटाएर पक्राउ गरेको जनाएको छ ।
यस अघि बग्गाले २०७५ मंसिर ३ र ८ गते हतियारसहित पठाएका भरिया विराटनगरबाट पक्राउ परेका थिए । त्यस्तै ३ मंसिरमा विराटनगर- १६ बाट उदयपुरको उदयपुरगढी गाउँपालिका- १९ का मन्दिप तामाङ, सुनसरीको इटहरी उपमहानगरपालिका- १२ का ३५ वर्षका सुशीलकुमार साहु पेस्तोल र चार राउण्ड गोलीसहित पक्राउ परेका थिए ।
८ मंसिरमा विराटनगर बसपार्कबाट दुई जना भरिया र पेस्तोल बुझ्न काठमाडौंबाट आएका अर्का भरिया पक्राउ परेका थिए । उनीहरुबाट प्रहरीले बग्गाको कारोवारको ठोस प्रमाण जुटाएर वग्गाको खोजी गरिरहेको थियोे ।
उनले पेस्तोल र लागूऔषध विराटनगर – १६ का २२ वर्षका विद्यानन्द मण्डल र २० वर्षका अनुप गिरीको पेटमा टेपले बाँधेर १०५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर, ३८० एम्पुल लागूऔषध, कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने दुई राउण्ड गोली पठाएको पनि प्रहरीले बताएको छ ।
विराटनगर वसपार्कबाट हतियार लिन आएका सुनसरी धरान घर भई ललितपुर-एकान्तकुनामा बस्दै आएका ४१ वर्षका रुपम राईसहित दुईजना भरिया पक्राउ परेका थिए ।