प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १७, मोरङका मात्रै १३ जना

प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १७, मोरङका मात्रै १३ जना

विराटनगर, प्रदेश नम्वर १ सामाजिक विकाश मन्त्रालयले हाल सम्म प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको जनाएको छ । साउन १ गते देखी यता प्रदेशमा कोरोना कारण मृत्यु हुनेको सख्या बढ्दै गएको छ । हालसम्म सबैभन्दा बढी मोरङमा १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

विराटनगर महानगरपालिकामा मात्रै मृत्यु हुनेको संख्या १० रहेको बताइएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण सुनसरीको धरान र विराटनगरमा १÷१ पुरुषको मृत्यु भएको छ । प्रदेश १ मा विराटनगरका १०, धरानका ३, बुढीगंगाका २, रंगेली र सुनवर्षीका १÷१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेश १ मा सोमवार ६४ जना संक्रमित थपिएका छन् । थपिएकामा २४ महिला र ४० पुरुष रहेका छन् । मोरङमा २९, सुनसरीमा १९, झापामा ५, धनकुटामा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ८ जना रहेको मन्त्रालयले जनाएको छ ।

विराटनगरमा मात्रै सोमवार २३ जनामा संक्रमण पुष्टि भएको छ । १० महिला र १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङको सुन्दरहरैँचामा १ महिला २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, जहदामा १ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो ।

प्रदेश १ बाट सोमवार १२ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट १२ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या १ हजार २ सय ८० पुगेको छ । प्रदेश १ मा आज १ हजार ५ सय ५० जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार सोमबार सम्म ७८ हजार ७ सय २ जनाको पीसीआर परीक्षण भएको हो ।

सम्बन्धित खवर