राजेन्द्र महतो, लहान
सिरहाको लहान नगरपालिका २४ गोबिन्दपुर मलहनमाका २२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो ३ बजे मृत्यु भएको हो।
उनलाई श्वास फेर्न समस्या हुनुका साथै अत्यधिक खोकी र ज्वरो आएको थियो । उनी लागुऔषध प्रयोगकर्ता पनि रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन्।
गत भदौ २ गते मेडिकल वार्डमा भर्ना भएका उनको स्वास्थ्यमा समस्या आएपछि आइसियुमा राखेर उपचार गरिँदै गरेको अवस्थामा उनको रिपोर्ट आइतबार कोरोना पोजेटिभ आएको थियो । उनमा कोरोना पोजेटिभ देखिएपछि राति नै कोभिड १९ अस्पतालको आइसियुमा रेफर गरिएको थियो । आइसियुमा उपचारको क्रममा सोमबार दिउँसो ३ बजे उनको मृत्यु भएको डा. सापकोटाले बताए । योसंगै सिरहमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।