रबिन्द्र बराल, रंगेली
श्रीमानको खुट्टा भाचिएपछि ८५ बर्षिया श्रीमती गाउँ घरमा जन मजदुरी गर्ने बाध्य भन्ने खबर प्रकाशन भएपछि सहयोगी हातहरु अगाडी बढेका छन् । मोरङको रंगेली नगरपालिका ३ स्थित चिलुवा चोकमा बस्दै आएका ७५ वर्षीय शिव चरण यादव बिगत ६ महिना देखि दुबै खुट्टा भाचिएपछि उनी अहिले निकै समस्यामा परेको खवर प्रकाशन भएपछि सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
नेपाल अटो वर्सकप व्यवसाय संघद्वारा ५० केजी चामल, ५ केजी भुजा, २ केजी नुन, ६ पिस साबुन, २ लिटर लेत, ५ प्याकेट स्वाईविन र नगद १५ सय रुपैयाँ परिवारलाई संघका रमेश थपलिया र विश्वनाथ प्रसाद गुप्ताबाट सहयोग गरेका हुन् । त्यसै गरी झापा घर भएका अनिरुद्र श्रेष्ठले २५ केजी चामल, ५ केजि चामल र एक काटुन च्याउ र रंगेलीका स्थानीय ओमकार थापाले उक्त बालकलाई २ प्याकेट ल्याकोजिन तथा स्थानीय ब्यापारी अनिल महेश्वरीले एक काटुन च्याउ च्याउ समेत दिएका छन् ।
८५ वर्षीया श्रीमती विमला यादवले आफ्नो घरमा खानको लागि केही नभएको अवस्थामा यसरी सहयोग गरेकोमा आफू खुसिभएको उनले बताईन् । उनका एक छोरा बुहारी दुई छोरी समेत सोहि घरमा बस्दै आएका छन् ।
६ महिना अगाडि शिवचरणको टुवेल जाने क्रममा चिप्लिएर लडेपछि उनको दुबै खुट्टा भाचिएको छ । आर्थिक अभावका कारण समयमै उपचार हुन नपाउदा उनी अहिले दिन रात ओछ्यानमै काटन बाध्य रहेका छन् । श्रीमानको खुट्टा भाँचिएर थलापरेपछि ३५ बर्षका छोरा दिन भरि बुवाको स्याहारसुसारमा ब्यस्त छन् । आफुपनि बाबुको रेखदेखमा रहेकाले घरमा चुलो बाल्न आमाले ज्यालादारी गर्नुपरेको छोरा जोगेन्द्रले बताए ।
वर्षौँ देखि ऐलानी जग्गामा बसोवास गर्दै आएका यादव परिवारमा दुई छाक हातमुख जोड्न धौधौ परेको छ । घरमा अहिले एक दाना नत चामल नै छ नत किनेर खानको लागि रकम नै छ । छोरी ममताले दुखेसो पोख्दै भनिन ‘‘६ महिना देखिको बन्दका कारण न त बुबालाई समयमै उपचार नै गराउन पायौँ न त पेट भरि खान नै पायौँ ।’’
घरमा २ बर्ष र १ बर्षका साना नानीहरु समेत रहेका छन् । उनिहरुलाई पौष्टिक आहार खुवाउने बेलामा समयमा पेटभरी खाना समेत नपाएको मण्डलले दुखेसे पोखे । आफ्नो बासबस्ने घर समेत नभएका मण्डल परिवार अहिले छाप्रोमा बसिरहेका छन् । ऋणलिएर चलाएको परिवारको आम्दानीको स्रोत छैन् तर साहुहरु दैनिकजसो ऋण चुक्ता गर्न दवाव दिनेगरेको मण्डलले गुनासो गरे ।