उदयपुरका १११ संक्रमित मध्ये ८९ जना कोरोना मुक्त

उदयपुरका १११ संक्रमित मध्ये ८९ जना कोरोना मुक्त

उदयपुर । उदयपुरमा कोरोना संक्रमित हुनेको भन्दा निको भएर घर जानेको संख्यामा वृद्धि भएको छ । उदयपुरमा १११ संक्रमित मध्ये एक वडाध्यक्ष सहित ८९ जना अर्थात ८० प्रतिशत निको भएका छन् ।

जिल्लामा त्रियुगा नगरपालिकाको ६५ संक्रमित मध्ये ५१ जना र बेलका नगरपालिकाको ३२ जनामध्ये २४ जना कोरोनामुक्त भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

यस्तै कटारी नगरपालिकाका ७ जना, चौदण्डीगढी नगरपालिकाका २ जना, उदयपुरगढी गाउँपालिकाका २ जना र ताप्ली गाउँपालिकाका ३ जना कोरोना संक्रमणमुक्त पालिका घोषित भएका छन् ।

यस्तै रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा अहिलेसम्म कसैमा पनि कोरोना देखिएको छैन् ।

२२ जना कोरोनामुक्त हुन बाँकी

उदयपुरमा संक्रमित ८ महिला र १४ जना पुरुष गरी २२ जना कोरोनामुक्त हुन बाँकी रहेको छ । संक्रमित मध्ये पछिल्लो चरण मालपोत कार्यालयको कर्मचारी सहित २१ जना उदयपुर कोभिड १९ अस्पताल बेल्टार सातधारेको आइसोलेशन र मालपोत कार्यालय उदयपुरका ४४ वर्षिय कोरोना संक्रमितको छिमेकी ११ वर्षिय बालिका होम आइसोलेशनमा रहेका छन् ।

यस्तै पछिल्लो चरण संक्रमित बेलका नगरपालिकाका ८ जना पनि उदयपुर कोभिड १९ अस्पताल बेल्टार सातधारेको आइसोलेशनमा उपचाररत रहेका छन् ।

अहिले चौदण्डीगढी नगरपालिका ६ बेल्टार सातधारेको आइसोलेशनमा उदयपुरका २२ जना सहित यातायात व्यवस्था कार्यालय लहानमा कार्यरत एक पुरुष कर्मचारी र खोटाङका संक्रमित एक पुरुष गरी २३ जनाको उपचार भईरहेको छ ।

सम्बन्धित खवर