एजेन्सी । इंग्लिस क्लब चेल्सी ब्राजिलियन डिफेन्डर थियागो सिल्भा अनुबन्धको नजिक पुगेको छ ।
स्काई स्पोर्ट्सले चेल्सी डिफेन्डर सिल्भासँग एक वर्षको सम्झौताको नजिक पुगेको जनाएको छ ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का कप्तान सिल्भाको क्लबसँगको सम्झौता च्याम्पियन्स लिग सकिएसँगै सकिएको थियो ।
आइतबार राति भएको च्याम्पियन्स लिगको फाइनलमा पीएसजी जर्मन क्लब बायर्न म्युनिखसँग १-० ले पराजित भएको थियो ।
च्याम्पियन्स लिग सकिएसँगै सिल्भा फ्रि ट्रान्सफरमा चेल्सी आउन लागेको स्काई स्पोर्ट्सले जनाएको छ ।
चेल्सीले उनलाई यस समरमा तेस्रो खेलाडीको रुपमा क्लब भित्र्याउन लागेको हो ।
३५ वर्षीय सिल्भा सन् २०१२ मा एसी मिलानबाट पीएसजी आएका थिए ।
पीएसजीमा आठ वर्ष रहदा सिल्भाले ७ पटक लिग वानको उपाधि जितेका थिए ।
पीएसजीका लागि अन्तिम खेल खेलेपछि सिल्भाले आफु विश्वकपसम्म फुटबल खेल्ने र अन्य भूमिकामा क्लब फर्कने समेत बताए ।
‘यो पेरिसमा मेरो अन्तिम खेल थियो । समर्थकहरुसँग माफी माग्न चाहन्छु । प्रेमको लागि धन्यवाद दिन चाहन्छु,’ सिल्भाले भने, ‘म फर्कने छु । अर्को भूमिकामा किनकी मलाई यस क्लब मन पर्छ । म अझै ३-४ वर्ष खेल्न चाहन्छु र कतार विश्वकप खेल्न चाहन्छु ।’