बायर्न म्युनिखले जित्यो छैटौं पल्ट युरोपेली च्याम्पियन्स लिग

बायर्न म्युनिखले जित्यो छैटौं पल्ट युरोपेली च्याम्पियन्स लिग

लिस्बन : जर्मन च्याम्पियन बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई १-० ले पराजित गर्दै बायर्न आइतबार छैटौं पटक उपाधि जित्न सफल भएको हो । यसअघि सन् १९७४, १९७५, १९७६, २००१ र २०१३ मा उपाधि जितेको थियो । यता पहिलो पटक फाइनल पुगेको पीएसजी भने उपाधिबाट बन्चित हुन पुग्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा बायर्नले किंग्सले कोमानको गोलमा अग्रता लियो । पीएसजीका पूर्व खेलाडी कोमानले हेडरमार्फत गोल गर्दै बायर्नलाई अग्रता दिलाए । उनको त्यो गोल च्याम्पियन्स लिगमा बायर्नको पाँच सयौँ गोल थियो । खेलको  जोशुवा किम्मिचको क्रसमा कोमानले ६ यार्ड बक्सको ठिक बाहिर अनमार्क रहेको अवस्थामा नाभासलाई बिट गरे ।

जोसुआ किमिचको पासलाई हेड गर्दै उनले खेलको एक मात्र निर्णायक गोल गरेका हुन् । बायर्नले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो छैटौं पल्ट हो । पीएसजीले भने पहिलो पल्ट पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनल खेलेको थियो । बायर्नले यससँगै यो सिजन तेस्रो उपाधि जितेर ‘ट्रेबल’ को दुलर्भ उपलब्धि पनि हात पारेको छ ।

बायर्नले यसअघि घरेलु बुन्डेसलिगा र जर्मनकप पनि जितेको थियो । खेलको ‘म्यान अफ द म्याच’ बायर्न गोलरक्षक म्यानुएल नोया रहे । उनले उत्कृष्ट प्रदर्शन गरे ।

सम्बन्धित खवर