तरकारी घुमेर बेचेको भन्दै महिला माथि निर्घात कुटपिट

तरकारी घुमेर बेचेको भन्दै महिला माथि निर्घात कुटपिट

राजेन्द्र महतो, लहान
स्थानीय प्रशासनले लकडाउन गरेपनि अत्यावश्यक वस्तुहरु भने निर्वाध रुपमा समाजिक दुरी कायम गरी तथा सुरक्षा समाग्री अपनाएर किनमेल गर्न निर्देशन दिएता पनि तरकारी घुमेर बेचेको भन्दै प्रहरीले मिर्चैया नगरपालिका वडा नं. ८ भगतपुरका ४१ बर्शिय सीतादेवी साहलाई निर्घात कुटपिट गरेका छन्। कुटपिट पछि उनी घाइते भएकी छिन्।
घाइते भएकी साह लकडाउनको मध्य नजर राख्दै मिरचैया नगरपालिका -७ स्थित स्थानीय उपभोक्ताको घरमा तरकारी दिने गरेको बेला प्रहरीले कुटपिट गरेका हुन्। घाइते भएकी उनको तत्कालै स्थानीय क्लीनिकमा उपचार गराइएको छ।
साहको श्रीमान समेत काम गर्न दिनभरि बाहिर रहने र परिवार पाल्न तरकारी बेच्दै आएको स्थानीयले बताएका छ्न्।

सम्बन्धित खवर