पोखरा : पोखरा महानगरपालिकासहित कास्की जिल्लामा जारी निषेधाज्ञा थप ५ दिन लम्विएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला विपद व्ययवस्थापन समिती (डिसिसिएमसी)को बैठकले निषेधाज्ञाको समयावधि ५ दिन थप गरेको हो ।
कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले भदौ १२ गते शुक्रवार राती १२ वजेसम्मको लागी निषेधाज्ञा जारी भएको पोखरा न्यूजलाई बताए । कास्की जिल्लामा थप गरिएको निषेधाज्ञाको समयमा खुल्ने सेवा तथा कार्यहरुको परिमार्जित सूची केहि बेरमा सार्वजनिक हुने प्रजिअ ढकालले बताए ।
जिल्ला समन्वय समितीका प्रमुख एवं जिल्ला विपद व्यवस्थापन समितीका सल्लाहकार वैन वहादुर क्षेत्रीले निषेधाज्ञा लम्व्याउने विषयमा सहमती भएको बताए । पोखरा न्यूज सँग कुरा गर्दै कास्कीमा कोरोना रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञाको समय थप गरिएको बताए ।
आज विहान मात्रै पोखरा महानगरको कोरोना रोकथाम मुल समितिले ३ दिन देखि ५ दिन सम्म पोखरा महानगरमा निषेधाज्ञा लम्व्याउन जिल्ला विपद व्यवस्थापन समितिमा सिफारिस गरेको थियो ।