सिरहामा २२ प्रहरी र ८थुनुवा गरी ३० जनामा कोरोना संक्रमण

सिरहामा २२ प्रहरी र ८थुनुवा गरी ३० जनामा कोरोना संक्रमण

राजेन्द्र महतो, लहान

सिरहामा २२ प्रहरी र ८ थुनुवा गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिरहाको लहान स्थित इलाका प्रहरी कार्यालय लहानका २२ जना प्रहरी र ८ जना थुनुवा गरि ३० जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको छ ।

संक्रमितहरु सबै २४ देखि ५३ वर्ष उमेरका पुरुषहरु रहेका छ्न् । यसअघि इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपीसहित ५ जना, इलाका प्रहरी गोलबजारका १० प्रहरीमा कोरोना देखिएको थियो। संक्रमित सबै प्रहरी कार्यालयकै आइसोलेसनमा बसेको जिल्ला प्रहरी सिरहाका प्रहरी प्रवक्ता डीएसपी बिनोद घिमिरेले बताएका छ्न् ।

सम्बन्धित खवर