लिखु गाउँपालिका ओखलढुंगामा विकास कि विनास ?

लिखु गाउँपालिका ओखलढुंगामा विकास कि विनास ?

ओखलढुंगा : “के हुन लाग्यो ? यो लिखु ८ मा चिनेटारमा रहेको सालको वन नष्ट गरिएको सुनिन्छ , सालको पात समेत टिप्न नदिएर पुर्खाले वन बनाए , तर ठुलो साल कताछ ? छानि छानि डोजर चल्यो भन्छन ।अहिले चौतारिको वर पिपल ढलेछ ।अलि अती हुदैछ कि भञ्ज्याङ्ग आतंक।” – यो उद्दरण ओखलढुंगा जिल्लाका पुर्व सभासद तथा  नेकपाका नेता बालकृष्ण ढुंगेलले आफ्नो सामाजिक संजालमा राखेको सामाग्री हो।

यसको प्रसंग जोडिएको छ लिखु गाउँपालिका वडा नं ८ मा रहेको चिनेटार जंगल र भन्ज्यांग चौताराको क्षेत्रमा भएको सडक निर्माणका लागि भएको प्राकृतिक सम्पदाको विनास संग।

सो क्षेत्रका जनताले विभिन्न चाडपर्वहरुमा प्रयोग गर्ने सालको पातका लागि संरक्षण गरेर राखिएको चिनेटार जंगलमा सडक निर्माण गर्ने भन्दै बन फडानी भएको र सयौ वर्ष देखि भन्ज्यांग चौतारामा रहेको स्वामीको वृक्ष सडक निर्माणका नाममा काटिएको भन्दै विरोध र आक्रोस व्यक्त गर्दै आएका छन।

सो वडा र स्वामीको वृक्ष बिनास गरिएको स्थान गाउँपालिका अध्यक्ष गोविन्द पौडेलको गाउँ हो र वडा नं ८ का अध्यक्ष अध्यक्ष पौडेलका भाई विशाल कुमार पौडेल रहेका छन।हाल गाउँपालिकाको केन्द्र यसममा घर निर्माण गरेका गाउँपालिका अध्यक्ष पौडेलले सिल्खु -कुवापानी -यसम – टार केरावारी -पोकलीमा लिखु  एकवार सडक खण्ड निर्माण गर्ने क्रममा सो क्षेत्रमा सडक निर्माण थालेर सम्पदा विनास गरेको आरोप लगाउदै स्थानीयहरु विभिन्न मध्यम बाट विरोधमा उत्रिएका छन।

रोचक विषय त सो स्वामीको वृक्ष रहेको स्थान संगै रहेका तस्विरमा देखिने घरहरु गाउँपालिका अध्यक्ष र वडा अध्यक्षहरुको रहेको एक स्थानीय बताउछन। सो क्षेत्रमा धेरै सार्वजनिक जग्गा र अन्य सडक निर्माण गर्न सकिने स्थान हुँदा हुँदै पनि किन प्राकृतिक सम्पदा नस्ट गरियो ? सो सोच्नुपर्ने विषय रहेको उनको धारणा रहेको छ।

जीवनको करिव ७ दशक विताएका एक स्थानीय जेष्ठ नागरिकले उक्त स्वामीको रुख सम्झिदै सो क्षेत्र प्रकृति र संस्कृति दुवैमा निकै महत्वपूर्ण रहेको बताएका छन।आफ्नो जीवनका धेरै उकाली ओरालीको गर्दै सोहि चौतारामा विश्राम गरेका उनले लिखु गाउँपालिकामा विकास छ कि बिनास बुझ्न नसकेको धारणा राखेका छन।

पटक पटक निकै विवादमा आइरहने लिखु गाउँपालिकामा गाउँबेसी कन्ट्रक्सन नामको कम्पनीको डोजरले मात्र निर्माणको जिम्मा पाउने भन्दै विरोध गर्दै आएका छन भने दुई पटक जनप्रतिनिधि माथि हातपात समेत भएको छ।

सम्बन्धित खवर