पाेखरा : पाेखराका सडक पूरै सुनसान छ भने बजार पनि पूर्ण रुपमा बन्द छन्। सडकमा अत्यावश्यक सेवा सञ्चालनका सवारी साधनबाहेक अन्य चलेका छैनन्।
सडकमा सुरक्षाकर्मी भने उल्लेख्य देखिन्छन्। ठाँउ ठाँउमा चेक जाँचहरू गरिएकाे छ, केही सवारीसाधन प्रहरीले फर्काइदिएको छ।
माइकिङबाट सर्वसाधरणलाई भित्रै बस्न र घर बाहिर ननिस्कन आग्रह गरिएकाे छ।