सिभिल बैंक डायनीयाका २ कर्मचारीमा कोरोना, एक कर्मचारी उर्लाबारीका

सिभिल बैंक डायनीयाका २ कर्मचारीमा कोरोना, एक कर्मचारी उर्लाबारीका

पथरी, सिभिल बैंक डायनीयामा कार्यरत २ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । मोरङको सुनवर्षीमा रहेको सो बैंकमा कार्यरत कर्मचारी सहित सुनवर्षीमा आज १२ जनामा कोरोना पुष्टि भएको हो ।

बैंकमा कार्यरत कर्मचारी २ जना, सशस्त्र प्रहरीका २ जना, १ जना नगरपालिकाका कर्मचारी सहित १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य संयोजक किशोर कुमार मण्डलले जानकारी दिए । बैंकमा कार्यरत कर्मचारी मध्ये १ जना उर्लाबारी नगरपालिकाका बासिन्दा रहेको मण्डलले जानकारी दिए । क्वारेन्टिनमा रहेकाहरुको रिपोर्ट भने नेगेटिभ आएको मण्डलले जानकारी दिए ।

यो संगै उर्लाबारीमा पनि समुदायमा कोरोना फैलिएको हुनसक्ने आशंका गरिएको छ । संक्रमितहरु अहिले आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित खवर