प्रदेश १ मा शनिवार १ सय २ संक्रमित थपिए, सबैभन्दा धेरै मोरङमा

प्रदेश १ मा शनिवार १ सय २ संक्रमित थपिए, सबैभन्दा धेरै मोरङमा

प्रदेश १ मा शनिवार १ सय २ जना कोरोना संक्रमित थपिएका छन् । ३७ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
मोरङका ४९, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २० महिला १३ पुरुष, सुनबर्षीमा २ महिला ८ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिला रहेका छन् ।

मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा १२ पुरुष, इटहरीमा ५ महिला ३ पुरुष, धरानमा १ महिला ३ पुरुष, गढीमा १ महिला ३ पुरुष, भोक्राहामा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको दमकका ३ महिला १३ पुरुष, भोजपुरको अरुण गाउँपालिकाका ३ पुरुष, इलामको देउमाईका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ५८९ पुगेको छ ।

प्रदेश १ मा हाल सम्म १ हजार २४३ जना डिस्चार्ज भएका छन् । यता मोरङमा आज शनिवार सम्म मृत्यु हुनेको संख्या १२ पुगेको छ । मोरङका १७ स्थानिय तहहरुमध्ये बिराटनगर सवै भन्दा बढि मृत्युहुने स्थानिय तहमा परेको छ ।

सम्बन्धित खवर