१४ वर्षीय बालिका बलत्कार गरेको आरोपमा एक युवा पक्राउ

१४ वर्षीय बालिका बलत्कार गरेको आरोपमा एक युवा पक्राउ

इटहरा, मोरङको रतुवामाई नगरपालिकाबाट बालिका बलत्कारको आरोपमा एक युवा पक्राउ परेका छन् । १४ वर्षिय बालिकालाई जबरजस्ती गरेको आरोपमा रतुवामाई ७ का २१ वर्षीय अभिषेक राजवंशी पक्राउ परेका हुन् ।

पक्राउ परेका राजवंशीलाई शुक्रबार जिल्ला अदालत मोरङले म्याद थप गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यलय सिजुवाका प्रहरी नायव निरिक्षक मोती कटुवालले जानकारी दिनुभयो ।

कटुवालका अनुसार गत बुधबार दिउँसो बालिकालाई रतुवामाई ७ स्थित रतुवा खोला नजिकैको कांसघारीमा करणी गरेपश्चात अत्याधिक रक्तश्राप भएपछि राजवंशीले आफ्ना साथीहरू मार्फत अटोमा हालेर उर्लाबारीमा रहेको अरनिको अस्पताल पुर्याएका थिए ।

उक्त घटनाको सत्यतथ्य सार्वजानिक भए लगत्तै आरोपी युवालाई उर्लाबारीकै प्रहरीले पक्राउ गरी सिजुवा प्रहरीलाई बुझाएको थियो ।

राजवंशी विरूद्ध बिहिबार पिडित बालिकाकी आमाले किटानी जाहेरी दिएकी थिइन् । पिडित बालिका र पक्राउ परेका युवकबीच प्रेम सम्बन्ध रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि कटुवालले जानकारी दिनुभयो । बालिकाको हाल अरनिको अस्पतालमा उपचार भई रहेको पनि प्रहरी जनाएको छ ।

सम्बन्धित खवर