पोखरामा प्रहरीसहित बैंक र मालपोतका कर्मचारीमा पनि कोरोना पुष्टि

पोखरामा प्रहरीसहित बैंक र मालपोतका कर्मचारीमा पनि कोरोना पुष्टि

पोखरा : पोखरामा शनिवार कोरोना संक्रमण पुष्टि हुनेहरुमा बैंक  र मालपोतका कर्मचारी तथा प्रहरी पनि रहेका छन ।

शनिवार संक्रमण पुष्टि भएकाहरु मध्ये २ जना शसस्त्र प्रहरी १ जना वैंकका कर्मचारी तथा १ जना मालपोतका कर्मचारी रहेको पोखरा महानगरका स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार पोखरामा संक्रमण पुष्टि हुनेमा वडा नं ४ का २२ र २३ वर्षीय पुरुष शसस्त्र प्रहरी हुन । त्यसै गरि पोखरा ३० मा संक्रमण पुष्टि भएकी २७ वर्षीया महिला बैंक अफ काठमाण्डौको  खैरेनीटार शाखामा कार्यरत कर्मचारी रहेको र पोखरा -२७ मा संक्रमण पुष्टि भएका वर्ष ३० का पुरुष मालपोत कार्यालयका कर्मचारी रहेको अधिृकत आचार्यले बताए ।

गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखरामा कार्यरत २ प्रहरीमा कोरोना संक्रमण देखिएको हो । उक्त गणका १६ जनामा बुधबार एकैपटक कोरोना पुष्टि भएको थियो । स्याङ्जामा प्रहरीलाई कोरोना देखिएर जिप्रका सिल भएपछि कास्कीबाट सुरक्षाका लागि विभिन्न समयमा स्याङ्जा गएका प्रहरीमा कोरोना देखिएको हो । उनीहरु स्याङजाबाट फर्किएपछि पोखराको मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्वारेन्टिनमा बसेका थिए ।

सम्बन्धित खवर